देशभरका शोरुममा भदौ १० गतेदेखि रोयल इन्फिल्ड एक्सचेन्ज मेला आयोजना हुने

  २०८० भदौ ७ गते १६:४६     विकासन्युज

काठमाडौं । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ । आगामी भदौ १० गतेदेखि १५ गते सम्म सो मेला आयोजना हुनेछ ।

सो कार्यक्रममा ग्राहकहरूलाई स्पट एक्सचेन्ज, बेस्ट भ्यालुएसन तथा स्पट फाइनान्स सुविधा उपलब्ध हुनेछ । सो अवसरमा कुनै पनि पुरानो दुई पांग्रे सवारी साधनसँग नयाँ रोयल इन्फिल्ड मोटरसाइकल साट्न सकिने छ ।

हाल रोयल इन्फिल्डका क्लासिक ३५० र स्क्राम ४११ मोडल नेपाली बजारमा उपलब्ध छन् । रोयल इन्फिल्डले आफ्नो नेपालभरको शोरूम र डिलर पोइन्टबाट सो कार्यक्रम आयोजना गर्नेछ ।

ग्राहकसँग आफ्नो मोटरसाइकलको बेस्ट भ्यालुएसनका लागि विभिन्न एक्सचेन्ज हाउसहरूको विकल्प हुनेछ भने स्पट फाइनान्सको लागि वित्तीय संस्था हुनेछन् ।

यी सबै सुविधाहरूका साथ ग्राहकहरूले नयाँ रोयल इन्फिल्ड मोटरसाइकल किन्न बिना झन्झट स्पट एक्सचेन्ज प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.