नेशनल लाइफको जीवन बीमा कोष ६० अर्ब माथि, ५१ हजार बढीलाई दियो दावी भुक्तानी

  २०८० साउन ३१ गते १९:२७     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब भन्दा माथि छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमाससम्मको तथ्यांकअनुसार इन्स्योरेन्सको जीवन बीमा कोषको आकार ६० अर्ब २५ करोड पुगेको हो ।

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९ अर्ब ४५ करोड रुपैयाँ अर्थात १८.६० प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीको जीवन बीमा कोषको आकार ५० अर्ब ८० करोडको थियो ।

समीक्षा अवधिमा इन्स्यारेन्सले १५ अर्ब ९७ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले १४ अर्ब ११ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै, कम्पनीले पुनर्बीमा कमिशन बापत ४ करोड ७९ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ४ अर्ब ३७ करोड ८० लाख रुपैयाँ र बीमालेख धितोमा १० अर्ब ४५ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरी ८२ करोड ४६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

एक वर्षको अवधिमा कम्पनीको खुद नाफा भने ५०.६९ प्रतिशतले घटेर ३६ करोड ४५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ७३ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ छ । जगेडा कोषको रकम घटेर ४० करोड ७९ लाख र महाविपत्ती कोषको रकम बढेर ४६ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

२०८० असारसम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७.२७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.४८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८८.७२ गुणा छ ।

हालसम्म इन्स्योरेन्सले ५१ हजार ६५८ जना बीमितलाई ७ अर्ब ९२ करोड रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरिसकेको छ भने ८२ करोड ३ लाख रुपैयाँ बराबरको दावी भुक्तानी हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.