होन्डा नेपालले सार्वजनिक गर्यो सिटी इ–एच इभी

  २०८० साउन ९ गते १९:५४     विकासन्युज

काठमाडौं । होन्डाले सिटी इ–एच इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । होन्डा सिटी हाइब्रिड भेरिएन्टमा आएको कम्पनीले बताएको छ ।

द्रुत यक्सिल्रेसन, उत्कृष्ट फ्युल इकोनोमीसहित पर्यावरण मैत्री सवारीकोरूपमा सिटी इ–एच आएको कम्पनीले बताएको छ ।

उक्त सवारीमा एडभान्स सेनसिङ्ग स्वीट रहेको र यो सवारीचालक तथा पैदलयात्रीलाई मध्यनजर गरी डिजाइन गरिएको अत्याधुनिक सेफ्टी टेक्नोलोजी भएको कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त प्रविधिअन्तर्गत गाडीमा जोडिएको वाइड–एंगल फ्रन्ट क्यामेराले दूरीमा रहेका सम्भावित खतराहरूबारे चालकहरूलाई सचेत गराई दुर्घटनाहरूको जोखिमलाई कम गर्ने बताइएको छ ।

सिटी इ–एच इभीको टेस्ट ड्राइभका लागि नजिकको होन्डा कार शोरूममा सम्पर्क सकिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.