सिटिइभिटीले ५५ सय विद्यार्थीलाई दिने छात्रवृत्तिमा कसरी गर्ने आवेदन ?

  २०८० साउन ७ गते १७:५६     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गर्ने तीन हजार छ सय ७४ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने भएको छ । सिटिइभिटीले उक्त छात्रवृत्ति सरकारी, सामुदायिक र परिषदका आंगिक शिक्षालयहरुबाट एसएलसी, एसईई र प्रि–डिप्लोमा उत्तिर्ण गरेका विद्यार्थीलाई उपलब्ध गराउने जनाएको छ ।

त्यस्तै, प्रि–डिप्लोमा तहमा पनि सरकारी, सामुदायिक तथा सरकारी विद्यालय र प्रि–डिप्लोमा तह उत्तिर्ण गरेका विद्यार्थीहरुले छात्रवृत्तिको लागि आवेदन गर्नसक्ने सिटिइभिटीले जनाएको छ । इच्छुक विद्यार्थीहरुले अनलाईनबाट प्रवेश परीक्षा शुल्क बुझाएर आवेदन गर्नसक्ने समेत सिटिइभिटीले सूचनामा उल्लेख गरेको छ । छात्रवृत्तिको लागि विद्यार्थीहरुले साउन १२ गते सम्म आवदेन गरिसक्नुपर्ने सिटिइभिटीले जनाएको छ ।

हेर्नुहोस् डिप्लोमा तथा प्रमाणपत्र तहको लागि छात्रवृत्तिको सूचना तथा आवेदन गर्ने तरिका र हेर्नुहोस् प्रि–डिप्लोमा तहको लागि छात्रवृत्तिको सूचना तथा आवेदन गर्ने तरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.