सिटिइभिटीले पिसिएल नर्सिङ, एचए र फार्मेसी अध्ययनको शुल्क वृद्धि नगर्ने

  २०८० साउन ४ गते १५:५०     विकासन्युज

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि तत्काल शुल्कवृद्धि नगर्ने जनाएको छ । परिषदले आज एक सूचना जारी गर्दै सम्बन्धित सरोकारवालाहरुको छलफलपछि मात्रै शुल्क समायोजन गर्ने भन्दै शुल्क वृद्धिको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

सिटीईभीटीले असार २९ गते चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क बढाउने निर्णय गरेको थियो । निर्णयअनुसार नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.