एसईई पास गरेका विद्यार्थीलाई माईपेले छात्रवृत्ति दिने, कसरी हुने सहभागी ?

  २०८० असार १४ गते १८:२४     विकासन्युज

काठमाडौं । माईपे डिजिटल वालेटले ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । यो वालेटले मासिक ५ हजार रुपैयाँसम्मको उक्त योजना एसईई पास भएका १०० जना विद्यार्थीहरुलाई दिने भएको हो ।

एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस छात्रवृत्ति योजना ल्याएको माईपेका प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले जनाकारी दिए ।

‘नवीन प्रविधिलाई युवाहरुले नै सबैभन्दा पहिले आत्मसाथ गर्न सक्दछन्,’ मेहताले भने, ‘त्यसैले हामीले उनीहरुलाई डिजिटल प्रविधिप्रति बेलैमा आर्कषित गरी डिजिटल साक्षरता दिन सके डिजिटल नेपालको सपनालाई साकार पार्न समेत सहयोग मिल्थ्यो ।’

यस छात्रवृत्ति कार्यक्रममा जम्मा एक सय विद्यार्थीहरु लाभान्वित हुनेछन् । जसमा ९९ जना विद्यार्थीले मासिक ५०० रुपैयाँका दरले एक वर्षसम्म र एक जना विद्यार्थीले मासिक ५ हजार रुपैयाँका दरले एक वर्षसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

यस कार्यक्रममा सहभागी हुनका लागि एसईई दिएर बसेका विद्यार्थीहरुले माईपे वालेट डाउनलोड गरी वालेट भित्र रहेको फर्म भर्नु पर्नेछ । फर्म भर्नका लागि १० रुपैयाँ शुल्क लाग्नेछ । देशैभरीका विद्यार्थीहरु यस योजनामा सहभागी हुन सक्नेछन् । छात्रवृत्तिमा छनौट भईसकेपछि विद्यार्थीहरुले आफ्नो मार्कसिट तथा कक्षा ११ मा भर्ना भएको प्रमाण समेत पेस गर्नुपर्नेछ । आवेदन अवधि साउन अन्तिमसम्म रहेको माईपेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.