एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट

  २०८० जेठ १६ गते १४:५३     विकासन्युज

काठमाडौं ।  महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।

महोत्तरी गाउँपालिका(३ मा रहेको एनएमबी बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

मंगलबार मध्याह्न १२:२८ मिनेटमा क्यास काउन्टरबाट रकम लुटपाट भएपनि कति रकम लुटपाट भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले लुटेराको खोजी भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.