विदेशीलाई नेपालमा अपार्टमेन्ट खरिद गर्न दिए अर्बौं पैसा भित्रिन्छ

  २०८० जेठ २ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्व अध्यक्ष मीनमान श्रेष्ठले विदेशीलाई अपार्टमेन्ट खरिद गर्न दिए अर्बाैं रुपैयाँ नेपाली भित्रिने बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

उनले घरजग्गा व्यवसायमा मन्दी आउँदा अर्थतन्त्रमा समस्या परेको बताए । कित्ताकाट लामो समय रोक्दा राजस्व संकलनमा कमी आएको भन्दै उनले भने, ‘९९ प्रतिशत अव्यवस्थित रुपमा घरजग्गाको कारोबार हुन्छ भने १ प्रतिशत मात्रै व्यवस्थित छ, कम्पनीमार्फत घरजग्गा कारोबार गर्न सकिने व्यवस्था हुने हो भने राजस्व वृद्धि हुनेछ,’ उनले भने ।

यस्तै, उनले विदेशी रक्सी उत्पादन मूलक र घरजग्गा व्यवसाय अनुत्पादक मुलक क्षेत्र भनेर गलत रुपमा परिभाषित गरिएको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.