सांसद टोपबहादुर रायमाझी पक्राउ बारे संसदमा जानकारी

  २०८० जेठ १ गते १६:१८     विकासन्युज

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेकाे बारे संसदमा जानकारी गराइएकाे छ ।

सभामुख देवराज घिमिरेले रायमाझी पक्राउ परेको जानकारी पत्र प्रहरीबाट प्राप्त भएसँगै संसदलाई उक्त विषयमा जानकारी गराएका हुन् ।

‘गजेन्द्र बुढाथोकीको समेत जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी केशवप्रसाद दुलालसमेत भएको ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा माननीय टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते राती ८ः२५ बजेको समयमा जिल्ला काठमाडौं बूढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको चलानी नम्बर १२२७३ मिति २०७८ जेठ १ गतेको पत्रबाट सूचना प्राप्त भएको हुँदा प्रतिनिधि सभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम यो सदनलाई जानकारी गराउँछु,’ उनले भने ।

रायमाझी आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

नोट : यसअघिको समाचार गलत भएको कारण सच्याइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.