सिमित व्यक्तिले बैंकिङ क्षेत्रको स्रोत प्रयोग गर्दा अर्थतन्त्रमा समस्या देखियो

  २०८० जेठ १ गते १५:५५     विकासन्युज

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठुलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् ।

सोमबार नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यशाला सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले उपलब्ध स्रोत, साधनहरु अनुत्पादक र कम उत्पादक क्षेत्रहरुमा केन्द्रीत हुँदापनि अर्थतन्त्रमा समस्या देखिएको बताएका हुन् । उनले बैंकिङ क्षेत्रबाट भएको लगानीको आकारको अनुपातमा मुलुकभित्र उत्पादन र रोजगारीमा परेको प्रभाव भने अत्यन्त न्यून देखिएको भन्दै यसतर्फ समयमै उचित कदम चाल्न ध्यानाकर्षण गराए ।

‘उत्पादन र रोजगारी वृद्धितर्फ देशले प्रगति हासिल गर्न सकेन, दैनिक उपभोग्य वस्तुहरुको ठुलो मात्रामा आयात गर्नुपरेकाले व्यापार घाटा चुलिदै गएको छ, सरकारको नीति, योजना र कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्दा यस्तो भएको हाे,’ उनले भने ।

उनले किसानहरुले बेलैमा मल पाउनेगरी मलको आपूर्ति सुनिश्चित भएको बताए । त्यस्तै भ्रष्टाचारविरुद्ध सरकार गम्भिर रुपले लागेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.