एकैदिन तोलामा १८ सयले बढ्यो सुनको मूल्य

  २०८० वैशाख २० गते ११:२७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १८ सयले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन आज बढेको मूल्य अनुसार १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । आज बढेको मूल्य अनुसार चाँदी तोलामा १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.