चिलिमे हाइड्रोले कमायो ५१ करोड रुपैयाँ नाफा, ईपीएस कति छ ?

  २०८० वैशाख २० गते ८:०८     विकासन्युज

काठमाडौं । चिलिमे हाइड्रोपवार कम्पनीको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १.३३ प्रतिशत बढेर ५२ करोड ८९ लाख ८३ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी २.३३ प्रतिशत अर्थात् १ करोड ९१ लाख ८८ हजार रुपैयाँ घटेर ८० करोड ४२ लाख ४६ हजारु रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८२ करोड ३४ लाख ३५ हजार रुपैयाँ विद्यतु बिक्रीबाट आम्दानी गरेको थियो ।

नेपाल विद्युत प्राधिकरणले आवश्यकता अनुसार अधिक विद्युत उर्जा खरिद गर्ने र यस अवधिमा गत वर्षको चैत्र मसान्तसम्मको तुलनामा न्यून विद्युत उर्जा खरिद भएकोले विद्युत बिक्री आम्दानी घटेको कम्पनीले जनाएको छ ।

बैंक मौज्दात बढेकोका कारण कम्पनीको ब्याज आम्दानी ३५ प्रतिशत अर्थात् ४ करोड ५६ लाख ५० हजार रुपैयाँ बढेर १७ करोड ५८ लाख ७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १३ करोड १ लाख ५६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७.५ प्रतिशत बढेर ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ र जेगा कोष ३ अर्ब १३ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९.६२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.२३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.