सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा

  २०८० वैशाख १९ गते १७:२७     विकासन्युज

काठमाडौं । सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बनमा परेका छन् । सभामुख देवराज घिमिरेले सांसद कोइरी निलम्बनमा परेको बताएका हुन् ।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई मंगलबार सभामुख घिमिरेले निलम्बनको निर्णय गरेका हुन् ।

नेकपा एमालेबाट गत मंसिरको निर्वाचनमा महोत्तरी १ बाट कोइरी निर्वाचित भएका थिए ।

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर उनी हालसम्म फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.