हिमालयन र दुई सरकारी बैंकको खराब कर्जा ४ प्रतिशत बढी, डेढ खर्ब प्रोभिजन गर्नु पर्ने

  २०८० वैशाख ७ गते ९:४७     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको खराब कर्जा बढेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा खराब कर्जा १९८.२३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा १.२२ प्रतिशत रहेको खराब कर्जा बढेर अहिले ३.०३ प्रतिशत पुगेको हो ।

यस्तै, सबैभन्दा हिमालयन बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ भने दुई सरकारी बैंक नेपाल र कृषि विकास बैंकको खराब कर्जा पनि ४ प्रतिशत नाघेको हो ।

कृषि विकास बैंकको खराब कर्जा ४.३५ प्रतिशत पुगेको छ भने नेपाल बैंकको खराब कर्जा ४.१६ प्रतिशत पुगेको छ ।

यस्तै, सिटिजन्स बैंकको ३.९८ प्रतिशत र कुमारी बैंकको ३.९७ प्रतिशत पुगेको छ भने ग्लोबल आइएमई बैंकको ३.९६ प्रतिशत, सिद्धार्थको ३.९५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३.९४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३.८८ प्रतिशत खराब कर्जा पुगेको हो ।

हाल वाणिज्य बैंकको कुल कर्जा लगानी ४८ खर्ब बढी छ । हाल औसत रुपमा रहेको ३.०२ प्रतिशत खराब कर्जाको प्रोभिजन गर्दा १ खर्ब ५८ अर्ब रुपैयाँ राख्नु पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई शतप्रतिशत प्रोभिजन गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.