नेप्सले पायाे एसोसिएट्स पार्टिसिपेटिङ अर्गनाइजेसनको सदस्यता

  २०७९ चैत २ गते १६:४२     विकासन्युज

काठमाडौं । नेप्सले एसोसिएट्स पार्टिसिपेटिङ अर्गनाइजेसनको सदस्यता प्राप्त गरेको छ ।नेपालबाट उक्त सदस्यता प्राप्त गर्ने नेप्स पहिलो संस्था बनेको कम्पनीले जनाएको छ ।

नेप्स आइएसओ प्रमाणित संस्था पनि भएको हुँदा यो सदस्यताले सरोकारवालाहरुको नेप्स प्रतिको विश्वासलाई अझ प्रगाढ बनाउने कम्पनी बताउँछ ।

‘भिसा, मास्टरकार्ड जस्ता अन्तराष्ट्रिय कार्ड नेटवर्कले पिसिआई डिएसएस सर्टिफिेकस कार्ड मार्फत हुने कारोबारको सुरक्षा र तत्सम्बन्धी विकास भैरहने विविध साइबर सुरक्षाका विषयलाई समेटी सुरक्षित कारोबारको वातावरण सिर्जना गर्ने तथा विश्वव्यापी रुपमा नै विभिन्न सरोकारवालाहरुलाई समेटी पर्याप्त डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकास गरी लागु गर्ने उदेश्य लिएर बनेको संस्थाको असोसिएट्स पार्टिसिपेटि अर्गनाइजेसनको सदस्यता प्राप्त गरेकोमा नेप्स गौरवान्तित छ,’ कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यस्तै, नेप्स पिसिआई एसएससिको ‘बोर्ड अफ एडभाइजरी’ मा पनि मनोनित भएको छ । बोर्ड अफ एडभाइजरीमा चयन भएमा कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धी मापदण्डहरु निर्धारण गर्दा नेप्सले पनि आफ्नो अनुभव तथा भनाईहरु प्रस्तुत गर्न सक्नेछ ।

साथै यस्तो भएको अवस्थामा कुनै नयाँ मापदण्डहरुको बारेमा अन्य संस्थालाई भन्दा नेप्सलाई पूर्व जानकारी हुने र अन्य महत्त्वपूर्ण स्रोतहरुमा पनि पहुँच पुग्नेछ ।

पेमेन्ट कार्ड इन्डस्टि सेक्युरिटी स्ट्याण्डर्डस काउन्सिल कार्ड मार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको निरन्तर हुने विकासलाई व्यवस्थित गर्नको निमित्त स्थापना भएको अन्तराष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.