‘देशमै पढौं, देशमै काम गरौं’

  २०७९ फागुन ९ गते १०:१२     युवराज सँग्रौला

काठमाडौं । गरिवीले मानिसको मन बाट बिश्वास र भरोसाको सत्यानास गर्छ र मानिसले जीवन प्रति घृणा गर्छ। अहिले नेपालमा मानिसमा विश्वास र भरोसा छैन। उनिहरुले देखेका छ्न, बिचौलिया व्यापारीले अर्बौ रुपियाँ कतार र दुवई लगेका छ्न। बिचौलियाले देशमा केही अवसर छैन भनेर प्रचार गरेर, खोजी खोजी युवा विदेशमा पठाएका छ्न। उनिहरु युवा बेचेर धनी भएका छ्न। अहिले अरबबाट लाश ल्याएर राजनीति गर्नेको व्यापार पनि उत्तिकै चलेको छ। अरबमा नेताका भिल्ला छ्न भन्ने सुनिन्छ। कानूनले दिएको छैन, तर हाम्रा व्यापारीले विदेशमा अर्बौं लगानी गरेका छन्।

हाम्रो समस्या देशको डरलाग्दो गरिवी हटाउने हो। यो गरिबी हटाउन जनतामा उत्पादन र सुखी जीवन देशमै निर्माण गर्न सकिन्छ भन्ने आँट जगाउनु हो भनेर विश्वास निर्माण गर्नु पर्ने अवस्था छ। मानिसको जीवन आवश्यकता र चाहनासँग जोडिएको हुन्छ। यी आवश्यकता र चाहना पूर्ती गर्न मानिसमा आशा र भरोसा निर्माण गर्न सक्नु पर्छ। बाटो बनाउन सकिन्छ । देशमा पैसा छैन भने विदेशीसँग माग्न सकिन्छ। पुल बनाउन पनि सकिन्छ। ठुला ठुला घर पनि बनाउन सकिन्छ। तर विकास यसो गर्नु मात्र होइन। विकासको अर्थ त मानिस बनाउनु हो। मानिस बनाउन सजिलो छैन। मानिस बनाउनु भनेको उनीहरुको दिमागमा नयाँ सोँच, नयाँ विचार र जिवनको नयाँ मूल्य भर्नु हो।

प्रविधिको सिमा हुन्छ, विज्ञानको पनि सिमा हुन्छ। तर मानिसको आँट र भरोसाको सिमाना हुँदैन। विकास गर्न गरीवीका विरुद्ध सहज जीवनका लागि लडाईं गर्नु पर्छ। यो लडाईं लड्न मानिसमा आत्म विश्वास र भरोसा भर्नु पर्छ।

१. देशमा योजनावद्ध ढंगले मानिसको आत्मविश्वास भत्काइएको छ। युवा शक्ति देशमा बस्यो भने नेता, व्यापारी र बिचौलियाले विदेश लगेको सम्पत्ति खोज्छ भन्ने डर छ। आजको स्कुलमा पढ्ने विद्यार्थीलाई देशमा भविष्य छैन भनेर सिकाएइको छ। आजको लडाईं यस विषाक्त सोँचका विरुद्ध हुनु पर्छ। व्यक्तिले दुनियाँ बदल्दैन केवल समस्याको सही पहिचान र तेस्लाइ समाधान गर्ने सोँचले मात्र सही बाटो बनाउँछ।

२. देशबाट भारतमा खर्बौको रेमिट्यान्स गैरहेको छ। भारत गएको रेमिट्यान्स र खाद्यान्न किन्न मात्र ८ खर्ब जति विदेशिन्छ। विचौलिया, व्यापारी, सत्ताको दुरुपयोग गर्ने भ्रष्ट मन्त्री र कर्मचारीले खर्बौ विदेश लगेका छ्न्। अनैतिक व्यापारीले नेपालमा सामान ल्याउने भनी एलसी खोलेर विदेशबाट कच्चा पदार्थ, सुपारी, सुख्खा फलफुल ल्याएर भारत स्मग्लिङ गरीरहेका छ्न्। बिद्यार्थी बेच्ने प्रदर्शनी लाग्छ्न्। देश भित्र चलेका कलेज बन्द गर्न हाकिम विदेशी सँग पैसा लिन्छ्न्। यी सबै खोज्ने बेला आइरहेको छ। तर, आन्दोलन धर्म र तन्त्रतर्फ मोडने प्रयास भैरहेको छ।

३. देशमा विदेशीको जात्रा चलीरहेको छ। रास्ट्रपति को हुने भनेर भारतीयहरु पर्चा छाप्दैछ्न्। एकै महिनामा तीन पटक आएर विदेशी धम्की दिँदैछ्न्। राजदूत् घरमा मात्र होइन धर्म र जाती खोजेर भाषण गर्दै हिँडेका छ्न्।

यदि देशलाई जोगाउने हो भने अब जवाफ खोज्ने बेला आयो। विदेशको दानापानी खाने र नेपाललाई लुट्नेहरुका हातबाट अर्थतन्त्र खोस्नु अबको आन्दोलन हो। गरीवी नफ्याँकेर लोकतन्त्र र राष्ट्रिय स्वतन्त्रता जोगाउन सकिन्न। हामीलाइ नेता होइन देश बनाउने अभियन्ता चाहीएको छ। नेपालमै उत्पादनको क्रान्ति शुरु गरौँ। नेपाली उत्पादन प्रयोग गरौं। उत्पादनसँगै बजार निर्माण गरौँ। देशमा पैसा राखौँ। देशमै पढौँ र देशमै काम गरौँ।

युवराज सँग्रौलाको फेसबुक वालबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.