पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न

  २०७९ साउन ३१ गते १७:१३     विकासन्युज

काठमाडौं । पि सिङको कला पदर्शनी ‘भ्रमण २०२२’ सम्पन्न भएको छ । काठमाडौंको तारागाउँ म्युजियममा १४ अगस्टबाट शुरु भएको सो पर्दशनी मंगलबार सम्पन्न भएको हो ।

पदर्शनीमा पि सिङका २५ वटा विभिन्न प्रकारका चित्रकलाहरु राखिएको थियो भने उनको छोरी रोश्ल्यान सिङको ५ वटा चित्रकला रहेका थिए । पि सिङको नेपालमा दोस्रो पटकको चित्रकला पदर्शनी हो ।

खानेकुरा, नेपाली पहिचान, प्रकृति, शहर र महिलाहरुको विभिन्न भूमिकाको प्रस्तुती झल्किने कलाकृतिहरु पदर्शनीमा शमावेश गरिएको थियो । पदर्शनीमा राखिएका मध्ये ७ वटा कलाकृति बिक्री भएको आर्टिस्ट पी सिङले बताए ।

पेशाले सफ्टवेयर इन्जिनियर रहेका पि सिङ डेढ दशक भन्दा लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । उनले पेशाको रुपमा नभएर आफ्नो सोंखको रुपमा चित्र बनाउने काम गर्दै आएका छन् । अहिलेसम्म ६० वटा कलाकृति बनाएको उनको भनाइ छ ।

सिङले अहिलेसम्म ४ वटा पदर्शनी गरिसकेका छन् । बेलायतमा ‘नेपाल यात्रा’को नामबाट पहिलो पदर्शनी शुरु गरेका सिङको ‘भ्रमण २०२२’ चौथो पदर्शनी हो । आफ्नो कला पदर्शनीको मुख्य उद्देश्य नेपालको गर्नु रहेको उनको भनाइ छ ।

यसपटक नेपालमा गरेको पदर्शनीबाट आफु निकै उत्साहित भएको बताउँदै उनले आगामी दिनमा थप विस्तारित स्वरुपको पदर्शनी गर्न आफु इच्छुक रहेको बताए । सिङको कलाकृति पदर्शनी कार्यक्रम ‘भ्रमण २०२२’ को आयोजना सेन्टर नेप्लिज कल्चरले गरेको थियो । पदर्शनीमा ३ सय भन्दा धेरै व्यक्तिले अवलोकन गरेको संस्थाका अध्यक्ष निर्मलकुमार थापाले बताए । बिक्रीको उद्देश्य पदर्शनीमा मुख्य नरहेकाले तुलनात्मक रुपमा सफल भएको थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.