भायानेट कम्युनिकेसनद्वारा डिआरएस गेमिङ सम्मानित

  २०७९ पुष २९ गते १३:०२     विकासन्युज

काठमाडाैं । सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनले सम्मान गरेकाे छ ।

कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोली सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर गुरुङलाई भायनेटका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहराले सम्मान गरे ।

भायानेट सीईओ सेवा पाठक बोहराले कम्पनी गेमरहरूको रोजाइको इन्टरनेट बन्न प्रतिबद्ध रहेको र गेमिङलाई नेपालमा प्रोत्साहन गर्नका लागि गेमिङ लक्षित उत्पादनलाई थप विस्तार गर्दै लैजाने बताइन् । उक्त कार्यक्रममा बोहराले कम्पनीले नेपालको ईस्पोर्ट उद्योगलाई सहयोग र समर्थन गर्न जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

नेपालको सबैभन्दा लोकप्रिय पबजी टोलीहरू मध्ये एक डिआरएस गेमिङले जनवरी आठमा इन्डोनेसियाको जकार्तामा आयोजित सबैभन्दा ठूलो पबजी गेमिङ प्रतियोगितामा विश्वभरका ५१ उत्कृष्ट टोलीहरू मध्ये उपविजेता बनेर इतिहास रचेको थियो। टोलीका सदस्यहरूले उक्त ऐतिहासिक प्रदर्शनको लागि दुई लाख डलर नगद राशि जित्न सफल भएका थिए।

भायानेट कम्युनिकेसन डीआरएसको आईएसपी पार्टनर र प्रायोजक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.