लघुवित्त विरुद्धका अराजक गतिविधि गर्नेलाई कारवाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

  २०७९ पुष २० गते १८:२७     विकासन्युज

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल लघुवित्त वित्तीय संस्था विरुद्धको अभियानलाई कारवाही गर्न निर्देशन दिएका छन् । बुधबार लघुवित्त वित्तीय संघको पदाधिकारीसँगको भेटमा गृहमन्त्री लामिछानेले लघुवित्त विरुद्धका अराजक गतिविधि गर्ने समूहलाई कारवाही गर्न निर्देशन दिएका हुन् ।

लघुवित्त वित्तीय संघका अध्यक्ष प्रकाशराज शर्माले पछिल्लो समय अराजक समूहले लघुवित्त वित्तीय संस्था विरुद्ध गलत प्रचार गरेको र सर्वसाधारणमा नकारात्मक सन्देश प्रवाह भएको भन्दै कारवाहीका लागि माग गरेका थिए । उनले लघुवित्त संस्थाहरु सञ्चालनमा आवश्यक सहजीकरणको व्यवस्था गर्न गृहमन्त्रसँग माग गरेका थिए ।

‘लघुवित्त बिरुद्धको अराजक आन्दोलनबारे अवगत गराएको र गृहमन्त्रालयबाट आवश्यक कार्वाहीको लागी अनुरोध समेत गरिएको छ, सकारात्मक परिणामको अपेक्षा छ,’ उनले भने । लघुवित्त विरुद्धका गतिविधि गर्ने अराजक समूहले सिस्टमलाई नै धरापमा पारेको उनको भनाइ छ ।

लघुवित्तका सीईओहरुको जवाफमा गृहमन्त्री लामिछानेले लघुवित्त विरुद्धको आन्दोलन गर्ने अराजक समूहलाई कारवाही गर्ने बताएका थिए । साथै उनले यस विषयमा आवश्यक कारवाही गर्न सहसचिवलाई निर्देशन दिनु भएको अध्यक्ष शर्माले जानकारी दिए ।

‘गृहमन्त्री लामिछानेज्यू सकारात्मक हुनु भएको छ, तत्काल कारवाही गर्छु, यस्ता गतिविधि हुनुहुन्न, कारवाही गर्ने भनेर सकारात्मक कुरा गर्नु भएको छ,’ उनले भने ।

लघुवित्त संघका अध्यक्ष शर्माको नेतृत्वमा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु पनि उपस्थित थिए । बुधबार भएको भेटमा गृहमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.