सानिमा बैंकका २१ वटा सवारी फिर्ता गर्न सूर्य कन्स्ट्रक्सनलाई निर्देशन

  २०७९ पुष ११ गते ८:५५     विकासन्युज

काठमाडौं । सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बिभिन्न शिर्षकमा कर्जा लिएको र बैकसँग गरेको सम्झौता बमोजिम साँवा ब्याज, किस्ता, हर्जाना ब्याज लगायत अन्य बुझाउनु पर्ने सम्पूर्ण दस्तुर नतिरेको हुनाले धितोमा राखिएको सवारीहरु फिर्ता गर्न बैंकले आग्रह गरेको छ । साथै, बैंकको नाममा सुरक्षण स्वरूप रहेका सवारी साधनहरू बैंकमा नबुझाएको हुँदा ७ दिनभित्र पायक पर्ने शाखा वा बैंकको केन्द्रिय कार्यालयमा बुझाउन ऋणी र जमानतकर्ताहरूलाई आग्रह गरेको हो ।

हाल उक्त सवारी साधन ऋणी बाहेक अन्य कसैद्वारा प्रयोग गरिएको भएमा गैर कानुनी हुने बैंकको ठहर छ । सवारी साधन नबुझाइएमा प्रचलित कानुन अनुसार कारबाही अगाडि बढाउने बैंकले चेतावनी दिएको छ । सवारी साधन गैर कानुनी कार्यमा प्रयोग भएमा वा कुनै घटना घटेमा सम्पूर्ण जिम्मेवारी ऋणी तथा सवारी साधन प्रयोगकर्ताले नै लिनु पर्ने बैंकले जनाएको छ ।

सुर्खेतको विरेन्द्रनगर नगरपालिका ६ स्थित रहेको सूर्य कन्स्ट्रक्सन फर्म प्रालिले बैंकलाई विभिन्न २१ वटा सवारी साधन बुझाउनु पर्ने छ । जसमा बा ३ क १५११, १५१०, १५०९, १५१४ नम्बरको एमसीभि टिप्पर र ट्रक रहेका छन् । यस्तै, ना १ क ५००७ र ५०१० नम्बरका टाटा टिप्पर रहेका छन् ।

यस्तै, ना १ क ८०१२, ८०१३, ८०१४, ८०१५ नम्बरको अशोक लेल्याण्डका सवारी साधन, बा २ क ७४३० र बा २ क २५४६ नम्बरको भाइब्रेटर स्वाइल कम्प्याक्टर, बा २ क ८५६६ र ८५६५ नम्बरका सेल्फ लोडिङ मोबाइल कंक्रिट मिक्सर, ना १ क ५०११ नम्बरको टाटा ट्रक, बा २ क ३२१३ नम्बरको मोटर ग्रेडर, बा २ क ७८० नम्बरको जेसीबी, बा २ क ६७६ नम्बरको एक्जाभेटर, बा १ क ९१२४ नम्बरको टाटा टिप्पर, बा १ क ६८९७ नम्बरको कोमात्सु एक्जाभेक्टर र बा ७ च ९३५४ नम्बरको टोयोटा पिकअप सवारी फिर्ता गर्नुपर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.