अत्यधिक गर्मीका कारण बुटवलका विद्यालय २ दिन बन्द

  २०८१ वैशाख २० गते ८:५२     विकासन्युज

बुटवल । अत्यधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा २ दिन बिदा दिएको छ ।

उपमहानगरपालिकाले बिहीबार एक सार्वजनिक सूचना प्रकाशन गर्दै वैशाख २० र २१ गते विद्यालयहरूमा बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

केही दिनयता तातो हावा चल्न थालेकाले विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने देखिएकाले वैशाख २० र २१ गतेका लागि नगरभित्रका सबै विद्यालयमा बिदा दिन निर्देशन दिइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनाअनुसार विद्यालय बन्द भए पनि जारी रहेको कक्षा १२ को परीक्षा भने यथावत् रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.