सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १ अर्बको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै

  २०८१ वैशाख २० गते ८:४३     विकासन्युज

वैदेशिक रोजगारीमा भएकाहरूलाई लक्षित गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरूका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो ।

बचतपत्र आगामी जेठ २९ गते निष्कासन हुँदैछ । उक्त बचतपत्र बिक्री खुला हुने अवधि वैशाख २२ गतेदेखि जेठ २३ गतेसम्म रहेको छ ।

कार्यालयले वार्षिक ९ प्रतिशत ब्याजदर रहेको १ अर्ब रुपैयाँको बचतपत्र निष्कासन गर्न लागेको हो । न्युनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरेको रकमसम्म लगानीकर्ताले खरिद गर्न पाउने कार्यालयले जनाएको छ ।

यस बचतपत्रमा विदेशीमा रोजगारी गरिरहेका, नेपाल फर्केको ६ महिना नबितेका नागरिक, गैर आवासिय नेपाली र तिनका परिवारले लगानी गर्न पाउने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

यस बचतपत्रमा लगानी गर्नेले अर्धवाषिर्क रूपमा ब्याज भुक्तानी पाउनेछन् । तर, उक्त ब्याज रकम भुक्तानीका लागि लगानीकर्ताले आफ्नो वा आफुले इच्छाएको व्यक्तिको खाता रहेको बैंकको नाम, ठेगाना र खाता नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ ।

आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले बचतपत्र खरिदका लागि १४ वाणिज्य बैंकहरू सिटिजन, नबिल, माच्छापुच्छ्रे, प्रभु, सनराइज, सिद्धार्थ, सानिमा, सिटी उक्सप्रेस मनी ट्रान्फर, आइएमई लिमिटेड, एनएमबी बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक, इसेवा र नेपाल रेमिट इन्टरनेसनल कम्पनीहरूबाट आवेदन बुझाउन सक्नेछन् ।

यस बचतपत्रको अवधि ५ वर्षको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.