राष्ट्र बैंकले मार्बल टायल आयात खुकुलो गर्याे, नगद मार्जिन राख्नु नपर्ने

  २०७९ मंसिर १६ गते १८:२४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्बल र टायल आयात गर्दा मार्जिन राख्नु व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले हार्मेनिक कोड ६८ अन्तर्गतका वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था हटाएको हो ।

राष्ट्र बैंकले गत पुष ५ गते हार्माेनिङ कोड ६८ अन्तर्गतका वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले मार्बल टायल लगायतका बस्तु विलाशी भएको भन्दै एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो ।

हार्मेनिक कोड ६८ अन्तर्गत पत्थर (स्टोन), प्लाष्टर, सिमेन्ट, अश्मतन्तु (एस्बेस्टोस) अबरख (माइका), चिनियाँ माटोका (सेरामिक) उत्पादनहरु, कांच (ग्लास) र काँचका लगायतका बस्तुहरु पर्दछन् । अब यस्ता बस्तुहरु आयात गर्दा शतप्रतिशत नगद मार्जिन राख्नु पर्दैन ।

राष्ट्र बैंकका अनुसार सार्वजनिक खरिद कानून लागु हुने निकायहरुले सार्वजनिक निकायहरुले सार्वजनिक खरिद कानूनअन्तर्गत बोलपत्र आह्वान गरी खरिद गर्दा त्यस्तो बोलपत्रदाताले सम्बन्धित सार्वजनिक निकायलाई आपुर्ति गर्ने प्रयोजनका लागि आयातको हकमा उक्त व्यवस्था लागू हुने छैन । सोको लागि बोलपत्रको कागजात, करार सम्झौता र आयात हुने वस्तु खुल्ने गरी सार्वजनिक निकायको सिफारिस समेत आवश्यक पर्नेछ ।

यस्तै, राष्ट्र बैंकले हार्माेनिक कोड ९४०१ र ३९०३ भएका वस्तुहरुमा भने उक्त व्यवस्था लागू नहुने बताएको छ ।

हार्माेनिक कोड ९४०१ अन्तर्गत हवाइजहाज, मोटरसाइकल, विछ्यौना सिट (आसन) र पार्टपूर्जाहरु र हार्माेनिक कोड ३९०३ मा प्लास्टिकका सामान प्राथमिक रुपका, इथाईलिन पोलिमरहरु (बहुभाग संयोजन), ०.९४ भन्दा कम विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, ०.९४ वा सो भन्दा बढी विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, ०.९४ भन्दा कम विशिष्ट गुरुत्व भएको पोलिइथाईलिन, विशिष्ट गुरुत्व (स्पेसिफिक ग्राभिटी) ०.९४ भन्दा कम भएको इथाइलिन–अल्फा–ओलेफिन कोपोलिमरहरू लगायतका वस्तु आयातहरु पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.