खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजले पायो आइएसओ प्रमाणपत्र

  २०७९ कार्तिक २५ गते १५:४३     विकासन्युज

काठमाडाैं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र पाएको छ । कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, डीएनभी (युकेएएस) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो ।

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ ।

‘आइएसओ ९००:२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भने,‘प्रतिष्ठित आइएसओ ९००१ः२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । आगामी दिनमा समेत हामी उत्पादनहरूको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् ।

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.