२०७९ कार्तिक १७ गते ११:१२ विकासन्युज
काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले मुस्ताङको होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा छुट पाउने भएका छन्।
प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनको ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
सम्झौता अन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउने छन्।
Copyright © 2024 Bikash Media Pvt. Ltd.