एक सातामै १७ अर्बले घट्यो बैंकहरुको निक्षेप, बढ्यो सीडी रेसियो

  २०७९ कार्तिक १६ गते १४:००     विकासन्युज

काठमाडौं । पछिल्लो एक सातमा वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स एशोसिएशन (एनबीए) का अनुसार कार्त्तिकको पहिलो साताको तुलनामा दोश्रो सातामा १७ अर्बले निक्षेप घटेको हो ।

कार्त्तिक पहिलो साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको हो । यता कर्जा लगानी भने स्थीर अर्थात ४२ खर्ब २५ अर्ब रुपैयाँ छ ।

कार्त्तिक लागेसँगै बैंकहरुको निक्षेप २३ अर्ब रुपैयाँले घटीसकेको छ । कर्जा लगानी भने ५ अर्ब रुपैयाँले बढेको छ । असोजको अन्तिम सातामा बैंकहरुमा ४५ खर्ब ४७ अर्ब निक्षेप संकलन भएको थियो भने ४२ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो ।

त्यस्तै, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि बढ्दो छ । कार्त्तिकको पहिलो साता ८७.२३ प्रतिशत रहेको उक्त रेसियो दोश्रो सातामा बढेर ८७.५८ प्रतिशत पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.