आयात नगरी एउटा जनै समेत नपाउने अवस्था छ : पुर्व गभर्नर क्षेत्री

  २०७९ भदौ ३० गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले आयात नगरी एउटा जनै समेत नपाउने अवस्था रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भइरहेको नेपाल उद्योग व्यापार महासंघको अधिवेशनमा उनले यस्तो बताएका हुन् ।

पुर्व गभर्नर क्षेत्रीले गुन्द्रुकसमेत चीनबाट आयत गरेर खानु पर्ने अवस्थामा रहेको बताए । ‘चीनबाट गुन्द्रुक आयत गरेर खानु पर्ने अवस्था छ, आयत मात्र गरेर कसरी हुन्छ आर्थिक विकास,’ उनले भने ।

उनले देशको आथिक विकास नभएसम्म आफुहरुले फुर्तिलो भएर काम गर्न नसक्ने बताए ।

यस्तै उनले धेरैलामो समय देखि आर्थिक विकासको लागि जोड दिए पनि त्यसको उपलब्धी भने शुन्य भएको बताए । ‘अर्थतन्त्रको व्यापार घटा १७ खर्ब भईसक्यो, अन्य देशबाट आयात नगरी एउटा जनाईसम्म नपाउने अवस्था छ, यस्तो अवस्थामा हामीले चालेका कदमले केही नभएको देखिन्छ,’ उनले भने ।

उनले देशको आर्थिक अवस्था कमजोर हुन नदिन नेपालमै उत्पादन भएका वस्तु खरिद गरी साना उघोग धन्दालाई प्रोत्साहित गर्नुपर्ने बताए । ‘भन्सार र कर बढ्दो छ, नेपालको स्रोत सुनिश्चित छैन, अर्थतन्त्र संकटमा गईरहेको छ, अर्थतन्त्रमा सुधार गर्नको लागि नेपालमा नै उद्योग व्यापार खोल्ने व्यवस्थाको सिर्जना गर्नु पर्छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.