‘टिबिसी ओमन इन बिजनेश’ छलफल कार्यक्रम सम्पन्न

  २०७९ भदौ २३ गते १७:३७     विकासन्युज

काठमाडौँ । द ब्रिटिस कलेजले ‘टिबिसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको मुख्य उदेश्य नयाँ ज्ञानहरु आदान प्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य गर्नु तथा इकोसिस्टममा आर्थिक योगदान रहेको थियो । यो वर्षको नारा ‘महिला उद्यमशिलता’ रहेको थियो ।

ब्रिटिस कलेजका सिइओ राजन कँडेलले कार्यक्रमलाई सम्बोधन गर्दै स्वागत मन्तन्य दिएका थिए। उनले रचनात्मक, आलोचनात्मक र निरन्तर सिकाईले संस्कृतिलाई प्रोत्साहनमार्फत नेपालको उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने बताए ।

प्यानल छलफल सेसनमा पूर्वमिस नेपाल र माकुसी सुइट्सकी संस्थापक अनुष्का श्रेष्ठ, डा स्रुजना श्रेष्ठ (डर्माटोलोजिष्ट), डिजाइनर सिवाङ्गी प्रधान, द ब्यूउटीबारकी संस्थापक इत्छ्या कार्की रहेका थिए । प्यानल छलफललाई द ब्रिटिस कलेजकी प्रोगाम लिडर (पोस्टग्राजुयट बिजनेस र म्यानेजमेन्ट प्रोगाम) निष्ठा राजभण्डारीले मोडरेट गरेकी थिइन् । 

ब्लिंकनाउ फाउण्डेशनकी संस्थापक तथा सन् २०१५ को सिएनएन हिरो म्यागी डोयनले सामाजिक उद्यमशिलताबारे आफ्नो धारणा राखेकी थिइन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सकारात्मक सामाजिक परिवर्तनका लागि क्षमता पहिचान गर्नुपर्नेमा जोड दिइन् ।

त्यस्तै द ब्रिटिस कलेजकी इएमबिए स्टुडेन्ट इन्टरप्रेनर तथा राष्ट्रिय व्यवसायिक महत्वपूर्ण व्यक्ति अवार्ड पनि प्राप्त गरेकी सुनिता शेर्पाले आफ्नो उद्यमी यात्राबारे बताएकी थिइन् ।

यस्तै, द ब्रिटिस कलेजकी बिजनेश स्कूल हेड सुनिता बस्नेतले महिलाहरुलाई व्यवसाय र सामाजिक उद्यमशिलतामा प्रोत्साहन र सहयोगगर्न प्रतिवद्ध रहेको कुरामा जोड दिइन् । कार्यक्रमहरुमार्फत रचनात्मक परिवर्तनका लागि पहल हुने कलेजले अपेक्षा गरेको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.