वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर रिभरसबको नेपाली बजारमा प्रवेश

  २०७९ भदौ ११ गते १८:०६     विकासन्युज

काठमाडौं । वेरेवल तथा मोबाईल एक्सेसोरीज् उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसब नेपाली बजारमा प्रवेश गरेको छ । मोबाईल एक्सेसोरीजको आयात तथा विक्री वितरणमा नेपाली बजारको स्थापित नाउँ बन्न सफल केमियो इन्टरनेशनलले रिभरसबलाई नेपाली बजारमा भित्र्याएको हो । अमेरिकाको क्यालिफोर्नियामा सोध तथा अनुसन्धानशाला स्थापना गरी आफ्ना उत्पादनहरुको डिजाइन गर्दै आएको रिभरसब मोबाईल एक्सेसोरिज बजारको एक विश्वासिलो ब्राण्ड हो ।

विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भईरहेको रिभरसब सन् २००० मा चीनको सेन्जेनमा स्थापना भएको थियो । २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्रको स्थापना गरेपछी एग्रेसिभ ब्राण्डिबमा अग्रसर भएको रिभरसब सन् २०१६ मै भारतीय बजारमा लन्च गरिएको थियो । आईएमजी टेक्नोलोजी ग्रुपको लाईफस्टायल ब्राण्डको रुपमा रहेको रिभरसबका वायरलेस इअर बड्स् तथा स्मार्टवाच लिएर नेपाली बजारमा प्रवेश गरेको हो ।

काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसबले नेपाली बजारमा औपचारीक रुपमा प्रवेश गरेको घोषणा गरेको हो । नेपालको लागि अधिकृत विक्रेता तोकिएको केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुशि ब्यक्त गर्नुभयो । अर्का सह–संस्थापक राज गुप्ताले रिभरसबले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने विश्वास ब्यक्त गरे । रिभरसब इण्यिाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हाँसिल गर्ने अपेक्षा ब्यक्त गरे भने नेपाली बजारमा रिभरसबको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए ।

रिभरसबले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअरवड्स् सार्बजनिक गरेको हो । अफलाईन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझा सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाईन प्लेटफर्म बाट समेत लन्च गर्ने बनाएको केमियोले रिभरसबका सबै उत्पादनहरुमा एक बर्षको वारेन्टी प्रदान गरेको छ भने विक्री पश्चातको सेवामा कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता ब्यक्त गरेको छ ।

केमियो इन्टरनेशनलले रिभरसबका ग्याजेट तथा एक्सेसोरिज्हरुको विक्री पश्चातको सेवा प्रदान गर्नका लागि काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र संचालनमा ल्याएको छ भने चाईनाटाउन, बाघदरबारमा समेत ग्राहकहरुले विक्री पश्चातको सेवा प्राप्तिका लागि सम्पर्क गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.