२०७९ असार २४ गते १७:१७ विकासन्युज
काठमाडाैं । चाईनिज सुपर लिग आईतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टसमा हेर्न पाउने भएका छन् ।
नेपाली समय अनुसार आईतबार ४ः१५ बजे चाईनिज क्लबहरु डालिन प्रो र सान्दोङ टाईसान मैदानमा उत्रदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेईजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्टसँग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ ।
चार चरणमा विभाजन गरी खेलाईएको चाईनिज सुपर लिगमा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ । आईतबार देखी पहिलो चरणको १० औ राउण्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो।
चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकप, युरोपियन लिग, लगाएत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाई चाईनिज सुपर लिग नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडिहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.