एक लाख बढीले पाए बिन्ध्यबासिनी हाइड्रोको आईपीओ

  २०७९ असार ३ गते १६:२७     विकासन्युज

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ असार ३ गते कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयामा बाँडफाँड भएको हो ।

क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिने एक लाख ३६ हजार ५०० जनाले मात्रै कम्पनीको सेयर पाएका छन् । उनीहरु प्रत्येकले १० कित्ता सेयर हात पारेका हुन् । कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकाले क्यापिटलले न्यूनतम १० कित्ताको दरले गोलाप्रथा विधिबाट बाँडफाँड गरेको हो ।

उक्त आईपीओमा कूल १७ लाख ९१ हजार ८९५ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ७३८ जनाको आवेदन रद्ध भएको छ भने १७ लाख ८९ हजार १५७ जनाले रितपूर्वक आवेदन दिएका थिए ।

हाइड्रोले प्रतिसेयर एक सय अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर जारी गरेको हो । जसमध्ये ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरि ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको थियो । र, बाँकी रहेको १३ लाख ६५ हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.