नेप्सेमा लगातार पाँचौ दिन पनि हरियाली, बैंकिङ समूह ४ प्रतिशतले बढ्यो

  २०८१ जेठ ९ गते १५:२६     विकासन्युज

काठमाडौं । नेप्से परिसूचकमा लगातार पाँचौ दिन पनि हरियाली छाएको छ ।

आज नेप्से १५.५४ अकंले बढेर २१३१.४९ बिन्दुमा पुगेको छ । ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह ४.२३ प्रतिशत, विकास बैंक समूह ०.३३ प्रतिशत,  होटल तथा पर्यटन समूहको १.९० प्रतिशत र म्युचुअल फण्ड ०.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बैंकको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । ब्याजदर घट्दा लगानीकर्ता यसतर्फ आकर्षित भइरहेका छन् । आज सामुदायिक लघुवित्त र बुद्धभूमि नेपालको सेयरमा  सकारात्मक सर्किट लागेको छ ।

पछिल्लो समय नियामक निकाय लचिलो हुँदै जाँदा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव मार्केटमा परेको छ । जसका कारण लगानीकर्ता खुसी बनेका छन् ।

आज नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.