सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति

  २०८१ जेठ ९ गते १५:५८     विकासन्युज

जनकपुरधाम । दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रहरीले सिरोहियालाई मंगलबार साँझ काठमाडौं थापाथलीस्थित कान्तिपुरको कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई प्रहरीले पक्राउ गरी गएराति नै धनुषा पुर्‍याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.