राजविराजका ग्राहकलाई सबैको लघुवित्तले दियो तरकारी खेती तालिम

  २०७९ असार २ गते १७:५८     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना ३५ जना ग्राहकलाई व्यवसायिक तरकारी खेती तालिम दिएको छ । लघुवित्तले जेठ २४ गतेदेखि २६ गतेसम्म सप्तरी जिल्लाको राजविराज नगरपालिका–३ मा उक्त तालिम दिएको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त तालिमको प्रशिक्षकको रुपमा सन्तोष सेन चौधरी, पवन कुमार श्रेष्ठ, दिप कुमार चौधरी, सञ्जय चौधरी रहेका थिए ।

तालिमको पहिलो दिन करेसाबारीको परिचय, महत्व, तरकारीको नर्सरी बनाउने तरिका, हिउँदे तरकारी खेती प्रविधि, फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि, तरकारी खेतीमा मलखादको प्रयोग जस्ता विषयमा जानकारी दिइएको थियो ।

यस्तै तालिमको दोश्रो दिन तालिममा सहभागीहरुले गढवा नगरपालिका—६, अण्डिपट्टिको १४ जना पुरुष र ७ जना महिला गरी २१ जना मिलेर स्थापना गरेको सप्तऋषि कृषक समूहका सदस्य तथा स्थानीय व्यवसायीक कृषक देवेन्द्र नारायण साहको करिब साढे डेढ विघाहामा फैलिएको कृषि फार्म अवलोकन गरेका थिए ।

सबैको लघुवित्त वित्तीय संस्थाले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ५ मुकाम कार्यालय र केन्द्रीय कार्यालय गरी ९६ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.