उदयपुरको गाइघाटमा डिशहोम फाइबरनेट विस्तार

  २०७९ जेठ ३० गते १६:५९     विकासन्युज

काठमाडौ । डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । कम्पनीले सोमबारबाट उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको हो  ।

डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित डिशहोमका ग्राहकहरुका लागि डिश टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट, निःशुल्क डिशहोम गो एप र एक्सभिओडि जस्ता विभिन्न सुविधाहरू उपलब्ध छन् ।

डिशहोम फाइबरनेटका योजनाहरू १० एमबिपिएसदेखि ६०० एमबिपिएससम्म उपलब्ध छन् ।

डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि अहिले मात्र ६९९ प्रती महिना पर्ने ५० एमबीपीयस र ८९९ प्रती महिना पर्ने १०० एमबीपीयसको ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ । यो प्याकेज अफरमा फाइफ जी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन् ।

हाल उदयपुरको त्रियुगा नगरपालिकाको वडा ८, ९, १०, ११ र १२ मा पर्ने राजावास, खाट मन्दिर, गैरुण, रात्तमाटे, वोक्से, करमगाछी, शिवालय टोल, सँगम टोल, साकेला टोल, गाइघाट बजार, पुरानो(गाइघाट, सोनापुर र बसपार्क क्षेत्रहरुमा डिशहोमको फाइबरनेट उपलबध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.