बिहीबार ‘टप गेनर’ र ‘टप लुजर’को शीर्ष स्थानमा दुबै बीमा कम्पनी

  २०७९ जेठ ५ गते १५:४६     विकासन्युज

काठमाडौं । बिहीबारको बजारमा बढी कमाउने ‘टप गेनर’ र बढी गुमाउने ‘टप लुजर’ दुबैको शीर्ष स्थानमा बीमा कम्पनी रहेका छन् । सामान्य प्रतिशतले घटेको सो दिनको बजारमा बढी कमाउने र बढी गुमाउनेमा दुबैं निर्जीवन बीमा कम्पनी रहेका हुन् ।

जसमा बढी कमाउनेमा जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य एकैदिन ७.४५ प्रतिशतले बढेर प्रतिकित्ता ५१९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३६ रुपैयाँले बढी हो । त्यस्तै, सेयर मूल्य बढेको कम्पनीमध्ये अन्यको ३ प्रतिशतभन्दा कमले सेयर मूल्य बढेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा बढी प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७.०८ अर्थात ४० रुपैयाँले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, सेयर मूल्य घटेका अन्य कम्पनीको ६ प्रतिशतभन्दा कमले घटेको छ ।

समग्रमा बिहीबारको नेप्से परिसूचक २३.५१ अंकले घटेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०३ प्रतिशतले घटेर २२५०.९१ बिन्दुमा झरेको हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार १ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.