न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रम

  २०७९ वैशाख १७ गते १५:३२     विकासन्युज

काठमाडाैं । शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको छ । कोभिडको महामारीपछि नेपाल यात्रा र पर्यटनका लागि पुनः खुला भएको र अमेरिकी पर्यटकलाई नेपालमा स्वागत गर्न नेपाल उत्सुक छन् भन्ने सन्देश दिन न्यूयोर्कस्थित महावाणिज्य दूतावासले एशिया–प्यासेफिक ट्राभल एसोसिएसन, न्यूयोर्क च्याप्टर र ‘नेपाल–द वन्डरल्याण्ड अफ नेचुरल, कल्चरल र स्पिरिचुअल ब्यूट’ सँगको सहकार्यमा शुक्रबार न्यूयोर्कमा नेपालको पर्यटन प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हाे ।

नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले हिमाली क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, योग, ध्यान र आध्यात्मले भरिपूर्ण नेपालको पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बन्नसक्ने प्रशस्त सम्भावनायुक्त देश भएको बताउँदै नेपालको पर्यटन र अन्य व्यवसाय सामान्य अवस्थामा फर्किएकाले अतिथिहरूलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा नेपालका प्रमुख पर्यटकीय विशेषता र आकर्षण, कोभिड–१९ महामारीको समयमा पर्यटकलाई नेपालले दिएको सेवा, हालै थपिएका पर्यटन पूर्वाधार, सुविधा र नेपालले अपनाएका नयाँ यात्रा सहजीकरणका उपायबारे आमन्त्रित पाहुना तथा विमान चालक, ट्राभल र टुर व्यवसायी समुदायलाई नेपाल भ्रमण गर्न र नेपाललाई आफ्नो मनपर्ने गन्तव्यमा राख्न आग्रह गरिएको वाणिज्य दुतावासले जनाएको छ ।

कार्यक्रमका अतिथि तथा वक्तामा धेरैजसो नेपाल घुमेका रहेका र उनीहरूले नेपालमा भएको आफ्नो अविस्मरणीय यात्राअनुभव सुनाएका थिए भने सन् १९७४ देखि १४ पटक नेपाल भ्रमण गरेका लेखक डा सेठ सिक्रोफ, सर एडमन्ड हिलारी मेडल प्रोजेक्टका प्रमुख कार्यकारी अधिकृत, ब्रिटिश–अमेरिकी पर्वतारोही, सगरमाथा आरोहणकर्ता, पृथ्वीको सबैभन्दा अग्लो र गहिरो बिन्दुमा पुग्ने पहिलो महिलासहितको उपस्थितिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.