पर्यटन बोर्डमा सीईओ नियुक्तिको अन्तरिम आदेशलाई निरन्तरता

  २०८१ वैशाख १८ गते १४:३९     विकासन्युज

काठमाडौं । पाटन उच्च अदालतले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया रोक्नका लागि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरतो दिने आदेश दिएसँगै पर्यटन बोर्डको सीईओ नियुक्ति प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको हाे ।

पर्यटन बोर्डका कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रसहितका ११ जना कर्मचारीले वैशाख ९ गते दर्ता गरेको रिट निवेदनमा १० गते उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । उच्च अदालतको यो आदेशसँगै मुद्दाको टुंगो नलागेसम्म पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले कुनै काम कारबाही गर्न पाउने छैन ।

उपसमितिले तयार पारेको १६ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरण गर्ने समय सार्वजनिक भएपछि सीईओ नियुक्ति प्रक्रिया रोकिएको हो ।

पर्यटन बोर्ड सञ्चालक समिति सदस्यहरू मिलन देवकोटा र मदनकुमार आचार्यको मनोनय गैरकानुनी भएको, उनीहरू अन्तर्गत रहेको सीईओ छनोटसम्बन्धी उपसमिति अवैधानिक भएको र सीईओ नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० समेत नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को विपरीत भएको भन्दै अदालमा रिट दायर भएको थियो ।

सीईओ छनोट उपसमितिका संयोजकको सरुवा भएको हुँदा नयाँ संयोजक तोक्नुपर्ने भएकाले अदातलको फैसलापछि मात्रै पर्यटन बोर्डको सीईओ छनोटकाे काम अगाडि बढ्ने छ । सीईओ छनोट उपसमितिका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव चक्रबहादुर बूढाको सरुवा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.