नारी दिवस (लघुकथा)

  २०७८ फागुन २४ गते ११:५०     गोपाल खनाल

‘सामाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता’ नारा लेखिएको ब्यानर लेखिएको भव्य मञ्चमा कार्यक्रम सुरु भयाे । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री गणेश राई प्रमुख अतिथि भएर कार्यक्रम उद्घाटन गरे ।

उद्घाटनपछि  उनले भने- ‘अब सबै किसिमका विभेद अन्त्य हुनेछ ।’

कार्यक्रममा पछि बसेकाहरु बीच खासखुस सुरु भयाे ।

‘महिला मन्त्री पनि पुरुष’- उजेलीले भनी ।

‘भागबन्डा नमिलेर हाे । चेलिबेटी बेचबिखनका मुद्दामा जेल परेकाे छाेरा छुटाउन पनि उनलाई मन्त्री नभई नहुनेथ्याे, त्यही राेजे हाेला, मन्त्री भएको हप्ता दिनमै छाेराे छुट्याे’- मनमायाले थपी ।

गरगहनाले सजिएर गएका महिलाहरु सासू,नन्द,आमाजू, देवरानी,भाउजू यस्ताे र उस्ताे भनेर कुरा काट्न व्यस्त थिए ।

विदेशी भूमिमा पसिना बगाएर कमाएकाे सम्पतिसहित छाेराछाेरी बिचल्ली पारेर पाेइला हिडेकी श्रीमती पीडित सर्वेन्द्र न्याय खाेज्दै भाैतारिएकाे १५ दिन बित्याे ।

त्यति बेलै रेडियोमा समाचार बज्याे,’घाँसकाे भारीले थिचिएर शर्मिलाकाे ज्यान गयाे, उपचार अभावमा दुई सुत्केरीकाे निधन ।’

महिला अधिकारका चर्का भाषणमा ताली भने चर्कै बजिरहेको थियाे ।

समाचार लेख्न गएका पत्रकार याे सबै सुनेर अन्याेलपूर्ण मन लिएर फर्के ।

भाेलिपल्ट उनकाे समाचारकाे शीर्षक भने मन्त्रीकाे भाषण मै केन्द्रित थियाे ।

अर्का एक स्वतन्त्र लेखक पत्रकारले लेखे- ‘एकातिर भव्य नारी दिवस, अर्कातिर घाँसकाे भारीले थिचिएर नारी मर्न विवश’ उनकाे लेखमा सबै कुरा समेटिएको थियाे ।

दाङसिङ, नुवाकोट
हाल: पाेखरा-१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.