गाडी किन्न झन कठिन, व्याज बढ्यो

  २०७८ माघ १६ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको व्याजदर बढाएको छ । हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० को तेस्रो संशोधन मार्फत राष्ट्र बैंकले व्याज बढाएको हो ।

कम्पनीले ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत ब्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत ब्याजदर अन्तर कायम गर्नुपर्ने व्यवस्था गरेको छ । अब औषत ब्याज दर १० प्रतिशत कायम भए त्यसमा अर्को ४ प्रतिशत थपेर १४ प्रतिशतसम्म मात्र लिन पाउने छन्।

यसअघि यस्तो प्रकृतिको कर्जामा ३ प्रतिशतभन्दा बढी नहुने गरी मार्जिन कायम गर्नु पर्ने व्यवस्था थियो । धितो मूल्यांकनको ८० प्रतिशतसम्म ऋण दिन पाइने छ राष्ट्र बैंकले व्यवस्था गरेकाे छ ।

यस्तै, राष्ट्र बैंकले तेस्रो संशोधन मार्फत कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई प्रदान गर्न सक्ने कर्जाको सीमा अघिल्लो त्रयमासको खुद सम्पत्ति (नेटवर्थ) को बढीमा ३० प्रतिशतसम्म कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कम्पनीको चुक्ता पुँजी ३० करोड हुनु पर्ने ब्यवस्थालाई निरन्तरता दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.