महालक्ष्मी विकास बैंकले विद्यालयलाई दियो स्यानिटरी भेन्डिङ मेसिन

  २०७८ माघ १० गते १४:१८     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयाेग गरेकाे छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ मार्फत उक्त सहयाेग गरेकाे हाे ।

उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् र विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले बताए ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.