एनआईसी एशिया बैंकको लाभांश रद्द

  २०७८ माघ १० गते १०:३०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश रद्द गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो ।

माघ ९ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल कर्जभेसन बफर पर्याप्त नदेखिएको जनाउँदै प्रस्तावित लाभांश अस्वीकृत गरेको हो । यससँगै बैंकले गत कार्त्तिक ८ गते प्रस्ताव गरेको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद लाभांश प्रस्ताव रद्द गर्ने निर्णय गरेको हो ।

उक्त निर्णयसँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश नपाउने भएका छन् । साथै, बैंकले यस निर्णयबाट सेयरधनी लगायत सम्पूर्ण सरोकारवालाहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।

सम्बन्धित सामाग्रीः एनआईसी एशियाले घोषणा गर्यो गत दुई वर्षयताकै कम लाभांश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.