एनआईसी एशियाले घोषणा गर्यो गत दुई वर्षयताकै कम लाभांश

  २०७८ कार्तिक ८ गते १७:४६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कार्त्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ ।

प्रस्तावित १५.७८९४७ प्रतिशत लाभांश गत दुई वर्षयताकै कम हो । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतिशत र आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.