‘प्यान्डामिक फन्ड’ बाट नेपालले पायो साढे २ अर्ब सहयोग

  २०८१ वैशाख २७ गते १७:२२     विकासन्युज


काठमाडौं । ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजनाअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारका लागि नेपालले करिब २ अर्ब ५१ करोड ३५ लाख रुपैयाँ (१ करोड ८८ लाख अमेरिकी डलर ) प्राप्त गरेको छ ।

बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य संगठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त परियोजनाको शुभारम्भ गरिएको छ ।

तीन वर्ष चल्ने यो परियोजनाको नेतृत्व नेपाल सरकारले गर्नेछ भने विश्व स्वास्थ्य संगठन, युनिसेफ र एफएओको संलग्नता रहनेछ ।

यो परियोजना अनुदानमा आधारित हो । यसका लागि १७९ आवेदकबाट नेपाल पनि छनोट भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.