नेपाल बैंकले बढायो नाफा, निक्षेपमा ‘टप फाइभ’मा पर्न सफल

  २०७८ माघ १० गते ८:१५     विकासन्युज

काठमाडौं । पछिल्लो ६ महिनामा नेपाल बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४.९३ बढी हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद नाफा बढेपनि प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१.३७ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी घटेर १९.६७ रुपैयाँमा सीमित भएको छ । त्यस्तै, पीई रेसियो बढेर १९.३७ गुणा पुगेको छ भने प्रतिसेयर नेटवर्थ घटेर २३८.१२ रुपैयाँमा झरेको छ ।

हाल बैंकको चुक्ता पुँजी १४ प्रतिशतले बढेर १४ अर्ब ४० करोड रुपैयाँ छ । जगेडा कोषको रकम भने घटेर १९ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ । त्यस्तै, वाणिज्य बैंकमध्ये नेपाल बैंक बढी निक्षेप संकलन गर्नेको पाँचौ स्थानमा पर्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन एक खर्ब ८२ करोड रुपैयाँ र कर्जा लगानी १ खर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंकको निष्कृय कर्जा भने घटेर १.९१ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.