केजी इन्टरकन्टिनेन्टल विन्टर अफर: ताइवानी कम्पनीको एसवाईएम मोटरसाइकल किन्दा विशेष छुट

  २०७८ माघ ७ गते ११:५०     विकासन्युज

काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले विन्टर अफर ल्याएको छ । कम्पनीले यस अफर अन्तर्गत एसवाईएम मोटरसाइकलमा विशेष छुट प्रदान गर्ने लागेकाे हाे ।

कम्पनीकाे अनुसार माघ ९ गते आइतबारबाट माघ अन्तिमसम्म यो अफर देशभरका सबै शोरुममा लागु हुनेछ । यस अफर अन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् ।

त्यस्तै कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्यभन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने जानकारी दिएकाे छ ।

काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीले जानकारी दिइन् । एसवाईएम ताइवानको कम्पनी हो ।

यो बाइक १८३ सिसीमा बजारमा उपलब्ध छ । यसमा एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८१०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता छन् । यसकाे अत्याधिक पावर १३.५ किलोवाट, ८५०० आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७५०० आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेकाे छ । यसकाे अगाडिको टायर साइज १००/९०–१९ र पछाडिको टायर साइज १३०/८०–१७ रहेको छ ।

यस बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ र याे रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ ।

बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । कम्पनीकाे अनुसार यसकाे स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.