हिमालयन क्यापिटल ल्यायो दुई नयाँ लगानी व्यवस्थापन योजना

  २०७८ पुष २८ गते १२:२९     विकासन्युज

काठमाडाैं । हिमालयन क्यापिटलले सर्वसाधारण लगानीकर्ताहरुकाे लागि दुई लगानी व्यवस्थापन योजनाहरु ल्याएकाे छ ।

क्यापिटलले ग्राहकले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’ नामका लगानी व्यवस्थापन योजना ल्याएकाे हाे ।

हिमालयन ‘अल्फा’ योजनामा क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई सोहि अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गर्नेछ भने हिमालयन ‘सिग्मा’ योजनामा क्यापिटलले ग्राहकको लगानीमा वार्षिक रुपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गर्नेछ ।

क्यापिटलकाे अनुसार सिर्जित प्रतिफलको वार्षिक मुल्यांकन गर्दा ग्राहकको लगानीमा सिर्जना गरेको प्रतिफल बढि हुने अवस्थामा अधिक सिर्जित प्रतिफलमा मात्र अतिरिक्त सेवा शुल्क लाग्नेछ ।

ग्राहकको लगानीमा नेप्सेले वा ग्राहकले हस्तान्तरण गरेको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलभन्दा क्यापिटलले बढी प्रतिफल सिर्जना गर्न नसकेमा ग्राहकले अतिरिक्त सेवा शुल्क बुझाउनु नपर्ने क्यापिटलले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.