द सोल्टी होटेल ग्रुपमा प्रभु बैंकका ग्राहकलाई छुट

  २०८१ जेठ १४ गते १३:१४     विकासन्युज

काठमाडौं । द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच छुट सम्झौता भएको छ । द सोल्टी होटेल र बैंकबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सोमबार प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरियो ।

द सोल्टी होटेल ग्रुप अन्तर्गत द सोल्टी होटेल एण्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टि वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुविधा लिएबापत छुट पाउने छन् ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ ।

द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्टमार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.