आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने

  २०८१ जेठ १४ गते ९:३०     विकासन्युज

काठमाडौं । आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हाे । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.