लघुवित्तको संख्या घटाउन तात्यो राष्ट्र बैंक, असार मसान्तभित्र मर्जरको योजना पेश गर्न निर्देशन

  २०७८ पुष १९ गते १६:१७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको संख्या घटाउने पहल थालेको छ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या बढी भएको अनुभव गरेपछि राष्ट्र बैंकले संख्या घटाउने योजना अघि सारेको हो ।

लघुवित्त वित्तीय संस्थाको संख्या घटाउनको लागि राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाहरुको १० प्रतिशतभन्दा बढी क्रसहोल्डिङ भएका संस्थाहरुलाई एकापसमा मर्जर वा एक्वीजीसन गराउन निर्देशन दिएको छ । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले संस्थापक सेयरधनी भएर स्थापना गरेका लघुवित्त वित्तीय संस्थाहरुको हकमा यस्तो व्यवस्था आकर्षित हुनेछ ।

यस्तै, एउटै बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशतसभन्दा बढी सेयर भएका लघुवित्तबीच पनि मर्जर वा एक्वीजीसन गराउन राष्ट्र बैंकले पहल गरेको छ । यस्ता संस्थाहरुलाई आगामी असार मसान्तभित्र मर्जर वा एक्वीजीसनको कार्ययोजना पेश गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.